सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन तेस्रो पटक थपेको म्याद सकियो | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन तेस्रो पटक थपेको म्याद सकियो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन रोजगारदाता र श्रमिकलाई तेस्रो पटक थपिएको समय पनि शनिबार सकिएको छ ।

गत वर्षको फागुनयता तीन पटक कोष सूचिकरण्का लागि समय थपिएको थियो ।

कोषले गत असोजमा थपेको म्यादमा रोजगारदाता र श्रमिकको सहभागिता अति न्यून देखिएको छ ।

समय थप गरेको अवधिमा ३ हजार ७ रोजगारदाता २२ हजार श्रमिकहरु कोषमा सहभागि भएको कोषले जनाएको छ ।

कोषमा सूचिकरणमा नआउन रोजगारादाताका हकमा केही दिनमा कोषको बैठक बसेर निर्णय गर्ने कोषका कार्यकारी निर्देशक कपिलमाणि ज्ञवालीले बताएका छन् ।

कोषमा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १८ हजार श्रमिक सूचिकरण भएका छन् ।

कोषले हालसम्म ६९ जिल्लालाई सूचीकरणमा समेटेको छ । कोषका अनुसार १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषका केही नीतिगत व्यवस्था विभेदकारी भएको भन्दै रोजगारदाता तथा योगदानकर्ता कोषमा दर्ता हुन आउन मानिरहेका छैनन् । हालसम्म वाणिज्य बैंकहरुमा जम्मा ७ वटा मात्रै कोषमा आवद्ध भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र