सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन तेस्रो पटक थपेको म्याद सकियो « Khabarhub

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन तेस्रो पटक थपेको म्याद सकियो


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन रोजगारदाता र श्रमिकलाई तेस्रो पटक थपिएको समय पनि शनिबार सकिएको छ ।

गत वर्षको फागुनयता तीन पटक कोष सूचिकरण्का लागि समय थपिएको थियो ।

कोषले गत असोजमा थपेको म्यादमा रोजगारदाता र श्रमिकको सहभागिता अति न्यून देखिएको छ ।

समय थप गरेको अवधिमा ३ हजार ७ रोजगारदाता २२ हजार श्रमिकहरु कोषमा सहभागि भएको कोषले जनाएको छ ।

कोषमा सूचिकरणमा नआउन रोजगारादाताका हकमा केही दिनमा कोषको बैठक बसेर निर्णय गर्ने कोषका कार्यकारी निर्देशक कपिलमाणि ज्ञवालीले बताएका छन् ।

कोषमा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १८ हजार श्रमिक सूचिकरण भएका छन् ।

कोषले हालसम्म ६९ जिल्लालाई सूचीकरणमा समेटेको छ । कोषका अनुसार १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषका केही नीतिगत व्यवस्था विभेदकारी भएको भन्दै रोजगारदाता तथा योगदानकर्ता कोषमा दर्ता हुन आउन मानिरहेका छैनन् । हालसम्म वाणिज्य बैंकहरुमा जम्मा ७ वटा मात्रै कोषमा आवद्ध भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १९ बजे

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न