महिला अधिकारीकर्मीको प्रश्न– सरकार, महिलाको मन्त्रालयमा पुरुषलाई किन ल्याइयो ? | Khabarhub Khabarhub

महिला अधिकारीकर्मीको प्रश्न– सरकार, महिलाको मन्त्रालयमा पुरुषलाई किन ल्याइयो ?


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुषलाई मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

सोमबार राजधानीमा ‘महिला श्रमको सम्मान राष्ट्रिय कार्याशाला गोष्ठी’मा बोल्न महिला अधिकारर्कीहरुले पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाए सरकारले महिलाको अपमान गरेको समेत ओरोप लगाए ।

‘सरकारले महिलामाथि अन्याय गरिरहेको छ । यतिसम्म कि महिलाका लागि छुटाइएको मन्त्रालय पनि पुरुष मन्त्रीलाई जिम्मा दिएर पुरुषत्व देखाइयो,’ नेपाल महिला एकता समाजकी अध्यक्ष विमल तामाङले आक्रोश पोखिन् । संविधान र ऐनमा महिला अधिकारलाई स्थापित गर्ने कानून बनाए पनि व्यवहारमा लागू नभएको समाजकी अध्यक्ष तामाङको आरोप छ ।

‘सरकारले महिलाका लागि भनेर छुटाएको मन्त्रालयमा पुरुष मन्त्री ल्याउन कतिसम्म व्याहारिक हो भन्ने पनि प्रश्नको विषय बनेको छ । महिला मन्त्रालयमा पुरुषले के काम गर्लान र ! यस्ता विषयमा सरकारले विचार गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले नै महिलालाई दवाएर राख्न खोजेको छ । महिला हिंसा रोक्न जनताका अगाडि ठूला भाषण गर्ने तर, महिला हिंसाका ठुला मुद्धामा सरकार नै मौन देखिन्छ ।’

यस्तै, महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारीले राज्यले महिला हिंसा रोक्न नचाहेको आरोप लगाएकी छिन् । ‘राज्यको आँखै अगाडि महिला हिंसा भइरहेको छ । तर, विडम्वाना सरकार नै मौन बसेको छ,’ अध्यक्ष अधिकारीले भनिन्, ‘राजनीति दलले महिला हिंसाका मुद्दा ढाकछोप गर्ने महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याइएको छ । हिंसा धेरै पुरुषबाटै हुन्छ, त्यस्ता महिला हिंसा लुकाउन महिला मन्त्रालयमा पुरुष  मन्त्री आउने गर्छन् ।’

महिला अधिकारकर्मीहरुले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पुरुषलाई ल्याइएको भनेर चर्को विरो जनाएको कार्यक्रमका प्रमुख अतिथि भने मन्त्री पार्वत गुरुङ नै थिए । मन्त्री गुरुङले सरकारले महिला हिंसा रोक्न सरकार कडाइका साथ लाग्ने बताए ।

आफू मन्त्री भएको २ हप्ता मात्र भएकाले अहिले अध्ययन गरिररहेको मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएपछि बोल्ने महिलाले महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : १९ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान