महिला अधिकारीकर्मीको प्रश्न– सरकार, महिलाको मन्त्रालयमा पुरुषलाई किन ल्याइयो ? « Khabarhub

महिला अधिकारीकर्मीको प्रश्न– सरकार, महिलाको मन्त्रालयमा पुरुषलाई किन ल्याइयो ?


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुषलाई मन्त्री बनाएकोप्रति महिला अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

सोमबार राजधानीमा ‘महिला श्रमको सम्मान राष्ट्रिय कार्याशाला गोष्ठी’मा बोल्न महिला अधिकारर्कीहरुले पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाए सरकारले महिलाको अपमान गरेको समेत ओरोप लगाए ।

‘सरकारले महिलामाथि अन्याय गरिरहेको छ । यतिसम्म कि महिलाका लागि छुटाइएको मन्त्रालय पनि पुरुष मन्त्रीलाई जिम्मा दिएर पुरुषत्व देखाइयो,’ नेपाल महिला एकता समाजकी अध्यक्ष विमल तामाङले आक्रोश पोखिन् । संविधान र ऐनमा महिला अधिकारलाई स्थापित गर्ने कानून बनाए पनि व्यवहारमा लागू नभएको समाजकी अध्यक्ष तामाङको आरोप छ ।

‘सरकारले महिलाका लागि भनेर छुटाएको मन्त्रालयमा पुरुष मन्त्री ल्याउन कतिसम्म व्याहारिक हो भन्ने पनि प्रश्नको विषय बनेको छ । महिला मन्त्रालयमा पुरुषले के काम गर्लान र ! यस्ता विषयमा सरकारले विचार गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले नै महिलालाई दवाएर राख्न खोजेको छ । महिला हिंसा रोक्न जनताका अगाडि ठूला भाषण गर्ने तर, महिला हिंसाका ठुला मुद्धामा सरकार नै मौन देखिन्छ ।’

यस्तै, महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारीले राज्यले महिला हिंसा रोक्न नचाहेको आरोप लगाएकी छिन् । ‘राज्यको आँखै अगाडि महिला हिंसा भइरहेको छ । तर, विडम्वाना सरकार नै मौन बसेको छ,’ अध्यक्ष अधिकारीले भनिन्, ‘राजनीति दलले महिला हिंसाका मुद्दा ढाकछोप गर्ने महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याइएको छ । हिंसा धेरै पुरुषबाटै हुन्छ, त्यस्ता महिला हिंसा लुकाउन महिला मन्त्रालयमा पुरुष  मन्त्री आउने गर्छन् ।’

महिला अधिकारकर्मीहरुले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पुरुषलाई ल्याइएको भनेर चर्को विरो जनाएको कार्यक्रमका प्रमुख अतिथि भने मन्त्री पार्वत गुरुङ नै थिए । मन्त्री गुरुङले सरकारले महिला हिंसा रोक्न सरकार कडाइका साथ लाग्ने बताए ।

आफू मन्त्री भएको २ हप्ता मात्र भएकाले अहिले अध्ययन गरिररहेको मन्त्री गुरुङको भनाइ थियो ।

मन्त्री गुरुङ कार्यक्रमबाट बाहिरिएपछि बोल्ने महिलाले महिला मन्त्रालयमा पुरुष मन्त्री ल्याएको सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : १९ बजे

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा