विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह « Khabarhub

विराटनगर विमानस्थल विस्तारका लागि छिटो निर्णय गर्न मुख्यमन्त्री राईको आग्रह


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थलको विस्तार र जग्गा अधिग्रहणको निर्णय यही महिना भित्र गर्न सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।

नागरिक उड्ययन प्राधिकरणले विराटनगरमा आयोजना गरेको विराटनगर विमानस्थलको गुरु योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार विमानस्थलको धावन मार्ग विस्तारमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश १ लाई पर्यटनको सर्वोत्कृष्ट गन्तव्य बनाउन विमानस्थलको स्तरोन्नती आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राँईले विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिदै विराटनगरवाट लुक्काका साथै हिमाली उडानमा सवैको सहयोग रहने बताए ।

उनले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र रहेको भएको प्रदेश नं १ मा यसको विकासवाट मुलुकको व्यापार घाटा न्यून गरी जनतालाई धनी बनाउने सोचले कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विराटनगर विमानस्थललाई उच्च प्राथमिकतामा राखेकोको बताउदै तीव्र गतिमा आर्थिक विकासका लागि सवैसंगको सहकार्य गर्ने धारणा व्यक्त गरे ।

विराटनगरलाई आधार बनाएर भारत बङ्गलादेशसम्मका पर्यटकहरु भित्राउने योजना रहेको बताउँदै विराटनगर विमानस्थलको गुरु योजनालई परम्परागत तवरले मात्र नसोच्न उहाँले आग्रह गरे । विराटनगर विमानस्थललाई क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रदेश सरकारले संघिय सरकारसंग सहकार्य गर्ने बताए ।

उनले प्रदेश सरकारले विराटनगर विमानस्थलाई प्रदेशको आर्थिक संमृद्धिको महत्वपूर्ण अंग मानेको बताउँदै यहाँबाट माउण्टेन फ्लाइट, अन्तर प्रदेश स्तरीय उडान र छिमेकी देशसंगको उडान चाडै सञ्चालन हुनेगरी कार्य अगाडि बढाउन संघिय सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : १७ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको