उपनिर्वाचनको अनुभव– राजनीतिक दलहरुले 'पुरानो बानी' सुधारे ! | Khabarhub Khabarhub

उपनिर्वाचनको अनुभव– राजनीतिक दलहरुले ‘पुरानो बानी’ सुधारे !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय निर्वाचनको समयमा राजनीतिक दलहरुले आचरसंहिताको पालना गर्ने कार्यमा सुधार भएको पाइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले उपनिर्वाचन पर्यवेक्षण २०७६ बारे जानकारी दिनका लागि बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

पहिले–पहिले निर्वाचनको समयमा विभिन्न किसिमका मानवीय क्षति र मतदान केन्द्रसमेत दलहरुले आफ्नो कब्जामा लिने गरेका अभ्यास रहेको पनि बताएका थिए । गत १४ गते भएको उपनिर्वाचनका बारेमा जानकारी दिँदै नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले शून्य समयमा राजनीतिक दलहरुले मत आफ्नो पक्षमा पार्नका लागि विभिन्न किसिमका क्रियाकलाप गरेको बताए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन डा आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन कहिले गर्ने भन्ने विषय निर्वाचन ऐनमै समावेश गर्नुपर्ने सुझाव दिए ।

निर्वाचनपश्चात मतगणना कार्य पनि निर्वाचनस्थलमै गर्दा आर्थिक भार कमसँगै समयको बचत हुँदा मत परिणाम पनि छिटो गर्न सक्ने बताए । नियोकले उपनिर्वाचनका लागि ४ तहमा आफ्ना प्रतिनिधि खटाएको थियो । ३७ जिल्लाको ५२ तहमा गत १४ गते उपनिर्वाचन भएको थियो ।

कार्यक्रममा सहभागीहरुले ३० प्रतिशत मतदाता देश बाहिर रहेकाले उनीहरुलाई पनि आगामी निर्वाचनको समयमा सहभागी गर्ने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : १५ बजे

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

मोरङ– बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै