अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा,सम्पत्ति कर र उच्च शिक्षा नि:शुल्क–मेयर ब्याञ्जु | Khabarhub Khabarhub

अपांगता भएका व्यक्तिलाई स्वास्थ बिमा,सम्पत्ति कर र उच्च शिक्षा नि:शुल्क–मेयर ब्याञ्जु


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– धुलिखेल नगरपालिकाले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर नलिने भएको छ ।

२८ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवसरमा आयोजित “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अपांगता भएको व्यक्तिहरुको नाममा धुलिखेल नगर भित्रको घर जग्गा भएमा नगरमा तिर्नु पर्ने सम्पत्ति कर तिर्नु नपर्ने व्यवस्था मिलाइने बताए ।

मेयर ब्याञ्जुले नगरमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य बिमामा नेपाल सरकारले ५०% व्यहोर्ने गरेको र व्यक्तिहरुले तिर्नुपर्ने रकम नगरले ५०% व्यहोर्ने गरेको बताए ।

यस्तै मेयर ब्याञ्जुले धुलिखेलमा अपांग मेत्री पर्यटकीय पद मार्थ निर्माण गरिने जानकारी दिए । धुलिखेल नगरपालिका , नेपाली सेना र आइडीआई (अमेरिका ) मिलेर धुलिखेल नगरपालिकामा ३.५ किलोमिटर अपांग मैत्री पर्यटकीय पदमार्ग निर्माण गर्ने कार्यक्रममा ब्याञ्जुले जानकारी दिए ।

यस अघि नगरले अपांगता भएको व्यक्तिहरुलाई ह्विल चिएर , छडी, कान सुन्ने मेसिन बितरण तथा सीप मुलक र आय आर्जन सम्बन्धिब प्रशिक्षण गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  २ : १३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार ।

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१