चुनावमा झुटो आश्वासन बाँड्नु गलत : बिजुक्छे « Khabarhub

चुनावमा झुटो आश्वासन बाँड्नु गलत : बिजुक्छे


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक प्रदर्शनीको आज उद्घाटन गर्दै राजनीतिमा गलत संस्कारको विकास हुँदै गएको बताए ।

‘जनताको राजनीतिक चेतनास्तर खस्किँदै जानु चिन्ताको विषय हो, चुनावको समयमा राजनीतिक शिक्षा बाँड्नुको सट्टा झुटो आश्वासन र पैसाको लोभ देखाएर मतदातालाई झुक्याउने काम गलत हो’, बिजुक्छेले भने ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीचको कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने भन्दै अध्यक्ष बिजुक्छेले नेपाली भूमि अतिक्रमणको मुद्दालाई अब नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा उठाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ८ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार