‘राष्ट्रसेवक कर्मचारी जागिरे मानसिकताभन्दा माथि उठ्नुपर्छ’ « Khabarhub

‘राष्ट्रसेवक कर्मचारी जागिरे मानसिकताभन्दा माथि उठ्नुपर्छ’


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आयोजना गरेको आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह गरिन ।

राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध गरिन् ।

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति निर्माण गरेको बताउँदै उनले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउने तयारी गरिरहेको बताइन ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : ३६ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट