उपनिर्वाचनको मतपरिणामले कांग्रेस पतन उन्मुख देखियो : प्रभु साह « Khabarhub

उपनिर्वाचनको मतपरिणामले कांग्रेस पतन उन्मुख देखियो : प्रभु साह


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– उपनिर्वाचनको मतपरिणामले नेपाली कांग्रेस पतन उन्मुख भएको नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले टिप्पणी गरेका छन् ।

आइतवार रौतहटको कटहरिया नगरपालिका-१, जमुनियामा समृद्धिका लागि जनप्रतिनिधिको भुमिकासम्बन्धी अन्तरक्रियामा बोल्दै अध्यक्ष साहले हाले सम्पन्न उपनिर्वाचनको मतपरिणामले स्पष्ट रुपमा कांग्रेसको पतन देखाएको जीकिर गर्दै मधेशमा मात्र नभइ सिंगो देशमै कांग्रेसको जनाधार खस्किएको बताए । उनले २०७४ मा सम्पन्न विर्वाचनको मतपरिणामको तुलनामा कांग्रेसको नतिजा तल खस्किएकाले जनताले कांग्रेसलाई नरुचाएको दाबी गरे ।

अध्यक्ष साहले भने, “ गत हप्ता सम्पन्न उपनिर्वाचनको नतीजा यहाँहरुले हेर्न सक्नुहुन्छ । कांग्रेसले २०७४ सालको निर्वाचनभन्दा पनि कमजोर नतिजा ल्याएको छ । त्यतिबेला औसतमा ३३ प्रतिशत स्थानमा जितेको कांग्रेस अहिले २५ प्रतिशतमा सीमित भएको छ । यो कांग्रेसको पतनको सुरुवात हो ।“ उनले थपे, “नेकपाले गत निर्वाचनमा औसत ५५ प्रतिशत स्थानमा जितेको थियो थियो भने उपनिर्वाचनमा त्यो बढेर ६० प्रतिशत पुगेको छ । यसले स्पष्ट जनादेश दिएको छ कि नेपालमा कम्युनिष्टको विकल्प छैन् ।

विगतमा मुलुकमा वेथिति सृजनता गरेको कांग्रेस हाल विकास विरोधी भएको आरोप लगाउदै उनले भने, “कांग्रेस एजेन्डाबिहीन पार्टी भएकाले उसले निर्वाचनमा एउटा मात्र विषय उठायो । त्यो भनेको विभिन्न नाममा वर्तमान सरकारको विरोध गर्नु । जबकी वर्तमान सरकार जनताको लागि काम गरिरहेको तपाइ हामी स्वयमले अनुभव गरिरहेका छौँ । तर कांग्रेसले न त २०७४ को चुनावमा विकास र समृद्धिको विषयमा केही बोल्यो न हालैको उपनिर्वाचनमै केही बोल्यो । उसले विकास र समृद्धिको विरोध मात्र गरिरह्यो ।“

समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारमुक्त नेपाल जरुरी रहेको र त्यसका लागि कांग्रेस मुक्त नेपाल बनाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सयौँको संख्यामा स्थानीय एवम् जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : २३ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।