माधव नेपाल विशेषदूत बनेर भारत जाने कुरा थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ « Khabarhub

माधव नेपाल विशेषदूत बनेर भारत जाने कुरा थोरै सल्लाह, धेरै हल्ला: प्रवक्ता श्रेष्ठ


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा थोरै सल्लाह र धेरै हल्ला भएको बताएका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले नेता नेपाललाई विशेषदूत बनाएर पठाउने कुरा धेरै हल्ला भएको बताएका हुन्।

माधव नेपाललाई विशेषदूत बनाएर भारत पठाउने कुरा के भयो ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘यो कुरा यसभन्दा अगाडि नै मैले प्रष्ट पारिसकेको छु। यसबारे आज कुनै छलफल भएन। अलिकति सल्लाह भएको हो, धेरै हल्ला भएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद हल गर्न विशेषदूत बनेर भारत भ्रमणमा जान आफूलाई आग्रह गरेको यसअघिको बैठकमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ५ : ०१ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह