प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने « Khabarhub

प्रधानमन्त्रीले सागका पदक बिजेता नेपाली खेलाडीलाई बधाईसहित विशेष प्याकेज घोषणा गर्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् ।

आज (बुधबार) दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले भने, ‘प्रधानमन्त्रीले आज सागका पदक बिजेता खेलाडीलाई बधाईसँगै सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा के के हुनेछ भन्ने चाँही भरेको सम्बोधनमै थाहा हुन्छ ।’

१३ औं सागका पदकधारी खेलाडीहरुलाई वालुवाटार आमन्त्रण गरिएको छ । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

साग शुरु हुनु अघि नै प्रधानमन्त्रीले विशेष पदक विजेता खेलाडीलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो ।

तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पूर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन । सोही अनुरुप बुधबारका लागि कार्यक्रम राखिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ५० बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट