कांग्रेस केन्द्रीय समिति बैठक आज, उपनिर्वाचनको समीक्षा हुने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, उपनिर्वाचनको समीक्षा हुने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा विभिन्न ६ विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचन र उपनिर्वाचनबाट प्राप्त परिणामका विषयमा छलफल गर्ने एजेन्डा रहेको कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

त्यस्तै बैठकमा केन्द्रीय सदस्य एनपी साउनको संयोजकत्वमा गठिन भ्रातृ एवम् शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विकास सुझाव समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने त्यस विषयमा छलफल गरिने विश्वकर्माले बताए ।

त्यस्तै भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

त्यसैगरी संघीय संरचना अनुसार पार्टीको विधान बनाईसकेपछि त्यसको कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा काम गर्न निर्वाचन समितिलाई दिएको जिम्मेवारी पूरा भएको छैन । कात्र्तिक भित्रमा सक्ने भन्ने थियो । यस विषयमा पनि समितिको संयोजकका हिसाबले राधेश्याम अधिकारीलाई सोध्ने एजेन्डा छ ।

त्यस्तै बैठकमा सरकारको काम र पछिल्लो राजनीतिक विषयवस्तुमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ८ : ४३ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट