नेकपा सचिवालय बैठक शनिवार बस्ने « Khabarhub

नेकपा सचिवालय बैठक शनिवार बस्ने


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ ।

बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्नेछ ।

बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ ।

यसअघिको बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा आगमी सचिवालय बैठकमा छलफल गर्ने निर्णय भएको थियो । सवै ठाउँबाट रिपोर्ट नआएको हुँदा अर्को बैठकमा उपनिर्वाचनको विषयमा समिक्षा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए ।

यसअघि सोमबार बसेको सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधन गर्ने निर्णय समेत गरेको थियो ।

पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने छ ।

सचिवालयका नेताहरुको सुझावका आधारमा प्रतिवदेन परिमार्जन गर्ने र आगामी मंसिर २९ र ३० गतेका लागि तय भएको नेकपा स्थायी कमिटी बैठकमा पेश गर्ने छन् ।

 

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : २८ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट