मेयर शाक्यको प्रश्न– टुँडिखेल किन्न को आउँछ ? « Khabarhub

मेयर शाक्यको प्रश्न– टुँडिखेल किन्न को आउँछ ?


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टुँडिखेल कसैले बेच्दा पनि नबेच्ने र कसैले किन्दा पनि नकिन्ने टिप्पणी गरेका छन् ।

महानगरको २५ औं महानगर दिवसको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा शाक्यले अकुपाइ टुँडिखेलको नाममा राजनीति गर्न खोजिएकोसमेत आरोप लगाए ।

उनले टुँडिखेलमा धरहरा, वीर अस्पताल र दरबार हाईस्कुलको निर्माण सामग्री राखेको र त्यो सामान राख्दैमा टुँडिखेल बेच्यो भनेर विरोधमा उत्रनुको कुनै अर्थ नभएको बताए ।

‘टुँडिखेल सार्वजनिक जग्गा हो’ मेयर शाक्यले भने ‘त्यो न कसैले बेच्छ न कसैले किन्छ ।’

जति अभियान सञ्चालन गरेपनि तत्काल टुँडिखेल खाली नहुने बताउँदै उनले भने ‘वीर अस्पताल, दरवार हाइस्कुल र धरोहरा निर्माणधीन रहेकाले संरचनाको निर्माण सम्पन्न नभएसम्म टुँडिखेल खाली हुँदैन ।’

उनकाअनुसार संरचना निर्माण सकिएपछि ती स्थान खाली हुनेछन् ।

अकुँपाइ टुडिखेल अभियान सञ्चालन भइरहँदा धेरैले टुँडिखेललाई महानगरले बेच्यो भन्दै विरोध गरेको बताए । ‘महानगरले टुँडिखेल बेच्यो भनेर विरोध गर्नुपर्दैन’ शाक्यले भने ‘त्यो महानगरले बेच्दा पनि बेच्दैन र किन्न पनि कोही आउँदैन ।’

छातीमा विरोधको नारा भिरेर टुँडिखेल बेच्न पाइँदैन भन्नुको अर्थ नभएको र सार्वजनिक सम्पति कसैले नकिन्ने जानकारीमा राख्न मेयर शाक्यले आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : २१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको