सभामुख चयन– एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग « Khabarhub

सभामुख चयन– एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकोमा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण हुने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजिनामा नभई ‘जवरजस्तीनामा’ हो”, विज्ञप्तिमा भनिएको छ ।

उपसभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : २० बजे

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका