हिउँदे अधिवेशनमा प्रदेश तीनको स्थायी राजधानी र नामकरण प्रस्ताव आउने « Khabarhub

हिउँदे अधिवेशनमा प्रदेश तीनको स्थायी राजधानी र नामकरण प्रस्ताव आउने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताएका छन् ।

उनले आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिए ।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : २१ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी