गरुड पुराणः दैनिक यी पाँच काम गर्नुस्, मिल्नेछ सफलता « Khabarhub

गरुड पुराणः दैनिक यी पाँच काम गर्नुस्, मिल्नेछ सफलता


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्मग्रन्थमा मानव जीवनलाई सहज बनाउन तथा नित्य कर्मका विषयमा जानकारी दिइएको पाइन्छ । जसअन्तर्गत आज हामीले गरुड पुराणमा भएका केही कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।

गरुड पुराणमा मानिसले बिहान उठ्नासाथ निम्न ५ कुरामा ध्यान दिन सुझाएको पाइन्छ । गरुड पुराणमा एक श्लोक छ, जसमा मानिसले नित्य गर्नुपर्ने कामको बारेमा बताइएको छ ।

स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् ।
यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

स्नान अर्थात नुहाउनु

गरुड पुराणले मानिसले नित्य स्नान गर्न अर्थात नुहाउन भनिएको छ । दिनको शुरुवातमा स्नान गर्नु धार्मिक पुराणका अनुसार अनिवार्य छ । स्नान गरेपछि मात्र मानिसको शरीर पवित्र हुने तथा यसले दिनभर राम्रो ऊर्जा संचार गर्ने बताइएको छ ।

दान गर्नु

कैयौं धार्मिक ग्रन्थ तथा पुराणमा दान गर्नु महत्वपुर्ण हुने बताईएको छ । हरेक ब्यक्तिले आफ्नो श्रद्धा अनुसार गच्छे अनुसारको केही वस्तु दैनिक दान गर्नुपर्ने पुराणमा उल्लेख छ । यसो गर्नाले देविदेवता प्रसन्न भई सदा धनधान्यले भरीपुर्ण हुने तथा इश्वर कृपा हुने बताइएको छ ।

हवन गर्नु वा दियो बाल्नु

घरमा सुख शान्तिका लागी गरुड पुराणमा हरेक मानिसले दिनचर्याको कुनै एक अवधिमा हवन गर्नुपर्ने वा हवन कार्यमा सहभागि वा सरिक हुनुपर्ने उल्लेख छ । यदि दैनिक हवन गर्न नसकिएमा भगवानका नाममा मन्दिर, पुजाकोठा वा तुलसिको मठमा दियो बाल्नु पर्ने बताइर्एको छ ।

जप

हिन्दु मान्यता अनुसार दैनिक श्रद्धा तथा भक्तिपुर्वक विश्वासका साथ जाप गर्नुपर्ने बताइएको छ । गरुड पुराणमा पनि मानिसले दैनिक दिनचर्यामा जप गर्नुपर्ने लेखिएको छ । शास्त्र अनुसार जप गर्नु मनुष्य जिवनका लागी निकै लाभदायक मानिएको छ । यसले शुभ फल दिने बताइएको छ ।

देवपूजन

गरुण पुराणले दैनिक स्नान पछि भगवानको पुजाआराधना गर्नुपर्ने बताएको छ । पुरणमा पूजापछि भगवानलाई भोग लगाउनु पर्ने तथा नित्य भगवानको महिमा गान गर्नुपर्ने उल्लेख छ । यसरी नित्य गरीने पुजाले घरपरिवारमा भगवानको कृपा रहने तथा परीवारमा कुनै संकट नआउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : १० बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा