नेपाल–फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठ फ्रेन्च सरकारबाट सम्मानित « Khabarhub

नेपाल–फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठ फ्रेन्च सरकारबाट सम्मानित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा इन्डट्रिजका अध्यक्ष श्याम मोहन श्रेष्ठ फ्रान्स सरकारको सर्वोच्च विभूषणबाट सम्मानित भएका छन् ।

फ्रेन्च राष्ट्रपतिको तर्फबाट फ्रेन्च सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मध्ये  “Le chevalier de la leg’eon d’Honner” तक्माबाट श्रेष्ठ विभूषित भएका हुन् ।

हालै फ्रान्स सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको थियो । लामो समयदेखि फ्रान्समा रहेर उनले नेपालको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

सन १९७५ मा एयर फ्रान्स कम्पनीको मेनेजर बनेका उनले १९९६ मा फ्रेञ्च दूतावासको सहयोगमा नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा इन्डट्रिजको स्थापना गरेका थिए ।

फ्रान्स र नेपालबीचको व्यापार, उद्योग तथा पर्यटन क्षेत्रको विकासमा संस्थाले काम गर्दै आएको छ । संस्थाको संस्थापक अध्यक्ष भई हालसम्म उनले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ८ : १६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप