माछा लोप हुन नदिन मर्स्याङ्दीमा छाडिए ५७ हजार ‘भुरा’ « Khabarhub

माछा लोप हुन नदिन मर्स्याङ्दीमा छाडिए ५७ हजार ‘भुरा’


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मर्स्याङ्दी नदीमा माछा लोप हुन नदिन ५७ हजार माछाका भुरा छाडिएको छ । आइतबार बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाले नदीमा माछाका भुरा छाडेको हो ।

मध्यमर्स्याङ्दी आयोजना निर्माणका क्रममा बाँधमा माछा आउजाउ गर्न मिल्ने गरी संरचना नबनाइएकाले तल्लो भेगको उपल्लो भेगमा माछा आउन नसकेपछि माथिल्लो भेगको ह्यचरीमा भुरा छाडिएको आयोजना केन्द्र प्रमुख शिवकुमार शाहले बए ।

उनले भने, ‘यहाँ वातावरणमा प्रभाव परेकाले माछा लोप हुँदै गएका र लोप हुनबाट जोगाउनका लागि माछाको उत्पादन गर्ने लक्ष्यले भुरा माछा छाडेका छौँ ।’

गर्दी, हाडे, ठेड गरी तीन जातका माछा नदीमा छाडेको आयोजनाले जनाएको छ ।

स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा रहेको माछा ल्याएर छाडिएको आयोजना केन्द्र प्रमुख शाहले बताए ।

चार वर्षयता यहाँ पहिलो पटक माछाका भुरा नदीमा छाडेको आयोजनाले जनाएको छ । वर्खामा ड्याम साइडको गेट खोलेका बेलामा भने तलका माथि र माथि रहेका माछा तल आउजाउ गर्न सक्ने बताइएको छ ।

सन् २००० मा निर्माण कार्य थालनी गरेर सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको थियो । आयोजना रु २७ अर्ब २० करोड लगानीमा निर्माण भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : १५ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण