४ किलो यार्सा गुम्बासहित काठमाडौंबाट ३ जना पक्राउ « Khabarhub

४ किलो यार्सा गुम्बासहित काठमाडौंबाट ३ जना पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित २ भारतीय र १ नेपाली गरी ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय राज्य उत्तराखण्डको चमौली जिल्लाको जोशीमठ घर भएका ३२ वर्षीय हरिश सिंह पावर तथा सोही ठाउँकै प्रेमसिंह रावत तथा दार्चुलाको दुहु गाउँपालिका–५ घर भएका ४८ वर्षीय गजैसिंह महरा छन् ।

प्रहरीका अनुसार उनीहरुले भारतीय नम्बर प्लेट युके–०४–टीबी–१९६७ नम्बरको कारमा लुकाइछिपाइ अवैध रुपमा ४ किलो यार्सा गुम्बा काठमाडौंतर्फ ल्याइरहेका थिए ।

प्रहरीले काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टमा चेक जाँच गर्ने क्रममा ४ किलो यार्सा गुम्बा फेला पारेको हो ।

उनीहरुले कारमा पानीको बोत्तल राख्न बनाइएको कभरमुनि फल्स बटन बनाएर ३२ पोकामा ४ किलो १ सय १३ ग्राम यार्सा लुकाएर राखेका थिए ।

प्रहरीले पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ४० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई