‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै « Khabarhub

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ बहस हुँदै


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक आर्थिक बहस हुने भएको छ । यही पुस १० गते बागलुङ महोत्सवको अवसरमा आयोजना हुने सो बहसमा नीति निर्माता तथा उद्योग व्यवसायी सहभागी हुनेछन् ।

जिल्लामा लगानीका सम्भावना औँल्याउन आर्थिक बहसको आयोजना गरिएको आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बहसमा नेपाल उद्योण वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उद्योगपति मीनबहादुर गुरुङले मुख्य वक्ताका रुपमा भाग लिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए ।

छलफलमा जिल्लाका व्यवसायी र जनप्रतिनिधिसमेतको सहभागिता रहनेछ । “बागलुङको सम्भावना पहिचान गर्ने र लगानी भित्र्याउने उद्देश्यले आर्थिक बहसको आयोजना गरिएको हो”, सङ्घका अध्यक्ष युवराज राजभण्डारीले भने । बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, व्यापारको दायरा फराकिलो पार्न, राष्ट्रिय पूँजीमार्फत लगानी प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्नमा बहस कार्यक्रमले सघाउने विश्वास लिइएको छ ।

लगानी बहसलाई प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शरेचनले गर्ने भएका छन् ।

सदरमुकामस्थित बिएसआर मुभीको हलमा हुने बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । शुक्रबारदेखि शुरु हुने छैँटौँ बागलुङ महोत्सवको तयारी पनि अन्तिम चरणमा पुगेको सङ्घले जनाएको छ । व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धनमा केन्द्रित महोत्सव यही पुस २० गतेसम्म चल्नेछ ।

प्याराग्लाइडिङ, हेलिकोप्टर शयर, पुरुष तथा महिला भलिबल, लोकदोहोरी, भजन, ताराखेललगायतका प्रतियोगिता महोत्सवका आकर्षण हुन् । नेपाल भ्रमण वर्षको शुभारम्भसमेत महोत्सवस्थलबाटै गरिने आयोजकले जनाएको छ ।

“भ्रमण वर्षको शुभारम्भ समारोहसहित जनवरी १ मा जिल्ला भित्रने पर्यटकलाई नाकाहरुमा स्वागत गर्ने कार्यक्रम छ”, सङ्घका महासचिव नरेश कँडेलले भने । महोत्सवमा कृषि, जडीबुटी, हस्तकलालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने भएको छ ।

बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटोको प्रदर्शनीसमेत आयोजना गरिएको छ । परम्परागत सांस्कृतिक झाँकी पनि महोत्सवको आकर्षणको रुपमा रहनेछन् । महोत्सवस्थलमा दुई सयभन्दा बढी व्यापारिक ‘स्टल’ रहने जनाइएको छ । महोत्सव सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ६ : ५५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा