सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक राखिने « Khabarhub

सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक राखिने


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ ।

आउँदो पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि यस स्थानमा भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गृहकार्य भइरहेको बताए ।

वि.सं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेको इतिहास छ ।

प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रको विकासका लागि चालु आवमा रु एक अर्ब ६५ करोड विनियोजन गरेको भ्रमण कार्यक्रमका संयोजक ताराप्रसाद शिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ८ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना