कुलमान घिसिङ र सन्दुक रुइतलाई २ लाख राशिको पुरस्कार « Khabarhub

कुलमान घिसिङ र सन्दुक रुइतलाई २ लाख राशिको पुरस्कार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार अघिल्लो वर्षको घिसिङ र यो वर्षको रुइतलाई प्रदान गर्न लागिएको हो ।

कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो । घिसिङले नेपालमा लोडसेडिङ मुक्त गर्न थालेको कदम र डा. रुइतलाई नेत्रज्योतिका लागि गरेको योगदान स्वरुप सम्मान गर्ने घोषणा गरेको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ ।

हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०४९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ ।

विगतमा यस पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ६ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर