मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ, ४० मोटरसाइकल बरामद « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ, ४० मोटरसाइकल बरामद


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ४० वटा मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मदनकुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दीप गुरुङ, भरत थापा क्षेत्री, इन्द्रबहादुर तामाङ, विक्रम भुजेल, राजु पौडेल, सबिन तामाङ र समिर तामाङ छन्।

मोटरसाइकल चोरी नियन्त्रणको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले गत मंसिर १४ गते मदन कुमार मोक्तानसहित तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरुबाट बा९४प ११४२ नम्बरको मोटरसाइकल बरामद गरेको थियो। थप अनुसन्धानको क्रममा बुधबार थप अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट बा९४प ३६४५, बा७५प १७९४, बा६७प ६३६१, ज७प १५०६, बा८४प १०३३, बा९३प ३८४३, बा८०प ११३८ र बा५९प २०५६ नम्बर लगायत ४० वटा मोटरसाइकल प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ८ : ४७ बजे

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर