नक्कली बिल पेश गरि भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर « Khabarhub

नक्कली बिल पेश गरि भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टउपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टले गाडी भाडावापत दुई लाख चौतीस हजार हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ ।

विष्टको उक्त कार्यबाट नेपाल सरकारलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : २५ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा