फर्निचर व्यवसायीसँग लिएको ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ | Khabarhub Khabarhub

फर्निचर व्यवसायीसँग लिएको ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठ तथा फर्निचरसँग सम्बन्धित व्यवसायी गर्ने व्यापारीबाट लिएको ८ हजार रुपैयाँसहित हवल्दार राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले हवल्दार श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

हवल्दार श्रेष्ठले व्यवसाय तथा कारोबारमा सहजीकरण गरिदिने भन्दै घुस लिएका बुझिएको छ ।

श्रेष्ठलाई घुस लिइसकेको अवस्थामा झापाको दमकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई