शनिवारको सपिङमा नकिन्नुस् यी ११ वस्तु, अन्यथा हुनेछ हानी | Khabarhub Khabarhub

शनिवारको सपिङमा नकिन्नुस् यी ११ वस्तु, अन्यथा हुनेछ हानी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हुनत कुनै पनि सामाग्री खरीद गर्नु आफ्नो सहजता अनुरुप हुने गर्दछ । तर ज्योतिषय हिसाबमा भने शनिवारका दिन केही वस्तुहरु किन्नलाई बर्जित गरीएको छ ।

अर्थात शनिबारका दिन केहि वस्तुहरु किन्नु हुदैन । यि वस्तु किनेर घर भित्र्याएमा शनिको प्रभावले अशुभ मानिन्छ । शनि देव प्रसन्न भएमा रंकलाई पनि राजा बनाउने रुष्ट भएमा शनिको कुदृष्टिका कारण राजालाई पनि रंक बनाउछन् ।

त्यसैले शनि देवलाई सदैव प्रसन्न राख्नुपर्छ । त्यसैले शनिबार केहि बस्तुहरु घर नल्याउन ज्तोतिषहरु सुझाव दिन्छन् । के के हुन् ति वस्तुहरु

१. काठ – शनिबारका दिन काठ वा काठका कुनै पनि सामाग्रि खरीद गर्नु हुदैन । यसलाई अशुभ मानिन्छ ।

२. सरस्युको तेल – शनिबारका दिन सरस्युको तेल दान गर्नुपर्छ तर खरीद गरेर घरमा ल्याउनु हुदैन । यसले घरमा अशान्ति भित्र्याउछ ।

३. अन्य तेल – शनिवार के दिन कुनै पनि तेल किन्नु हुदैन । ज्योतिषका अनुसार शनिबार तेल खरीद गरी घर भित्र्याए बिमारी समेत भित्रने छ ।

४. कालो सामाग्री – शनिबार बैगुन, मासको दाल, कालो तिल र मरीच किन्नु हुदैन । यि वस्तु शनिबार खरीद गरेमा घरमा नकारात्मक उर्जा बढ्ने मान्यता छ ।

५. जुत्ता वा कपडा – शनिवारको दिन कालो रंगको कपडा वा जुत्ता किन्नु हुदैन । यि वस्तु शनिबार किनेमा सञ्चित धन पनि घटेर जानेछ ।

६. विद्युतिय सामाग्रि – शनिवारको दिन कुनै पनि विद्युतिय उपकरण वा सामाग्रि किन्नु हुदैन । अन्यथा अशुभ समाचार सुनिने विश्वास गरीन्छ ।

७. फलाम – ज्योतिषका अनुसार शनिवारका दिन दान गर्नालाई बाहेक फलामका सामागि किन्नु हुदैन । अन्यथा शनि देव रीसाउने छन् ।

८. नुन – शनिवारका दिन नुन किन्नु हुदैन । शनिबार नुन किनेमा घरमा रीण बढ्ने गर्दछ ।

९. कैंची – मान्यता अनुसार शनिवार कैंची पनि खरीद गर्नुहुदैन । अन्यथा घरमा तनाव बढ्नेछ ।

१०. कुचो – हुनत घर सफा राख्न कुचो आवश्यक हुन्छ । तर शनिवार कुचोको खरदि गर्नु हानिकारक हुन्छ । यसलाई अशुभ मानिन्छ ।

११. कोइला – शनिबारका दिन कोइला किन्नु हुदैन । शनिबार कोइला किनेमा अनावश्यक विवादमा फसिने छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ४२ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका

कसरी सम्भव भयो युद्धविराम ? भारत–पाक मिलाउने ट्रम्प कि ओली ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे ।

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास

भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम – सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले