पासा ग्वाहाली पुचः को नाफा सात लाख ३३ हजार « Khabarhub

पासा ग्वाहाली पुचः को नाफा सात लाख ३३ हजार


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५/२०७६ मा सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको छ ।

सहकारीको १३औँ वार्षिक साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख छ ।

यसैगरी एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको विवरण साधारणसभामा प्रस्तुत गरियो । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरे । प्रतिवेदनमा शेयर पूँजी एक करोड ४३ लाख ४३ हजार २ सय रहेको उल्लेख छ ।

सहकारीको निक्षेप बचत पाँच करोड ४९ लाख ६३ हजार १५ छ । सहकारीले पाँच करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।

देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनले भनाइ थियो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, लेखा समिति संयोजक कृष्णभक्त श्रेष्ठलगायतले निम्न आय भएका मानिसका लागि स्वरोजगारी गर्न सहकारी वरदान सावित भएको बताए ।

सो अवसरमा नेफ्स्कुनका नवनिर्वाचित सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट शेयरधनी, उत्कृष्ट कर्मचारीलगायतलाई सो अवसरमा सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २९ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप