पीडीओ नलिने ग्यास उद्योगको अनुमति रद्द गर्ने निगमको चेतावनी | Khabarhub Khabarhub

पीडीओ नलिने ग्यास उद्योगको अनुमति रद्द गर्ने निगमको चेतावनी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ ।

ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने जनाएको हो । निगमले सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ।

दर्ता भएका ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । २०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ र शाखा उद्योग खोल्न निगमबाट अनुमति लिए पनि पीडीओ लिएका छैनन् ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स मात्रै लिएर बसेका उद्योगले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्न सूचना जारी गरिएको बताए ।

दर्तापछि पीडीओ नलिएका उद्योगलाई पीडीओ लिनका लागि ९० दिनको समय दिइएको गोइतले बताए । सो समयमा उद्योगहरूले पीडीओ नलिए अनुमति खारेज हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ३० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार