मापदण्ड पूरा नगर्ने सिमेन्ट उद्योगसँग विभागले माग्यो स्पष्टीकरण | Khabarhub Khabarhub

मापदण्ड पूरा नगर्ने सिमेन्ट उद्योगसँग विभागले माग्यो स्पष्टीकरण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पूरा नगर्ने तीन वटा ठूला सिमेन्ट उद्योगलाई स्पष्टीकरण सोधेको छ।

विभागले चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट, वृज सिमेन्ट र युनाइटेड सिमेन्टसँग स्पष्टीकरण माग गरेको हो । विभागले होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा परीक्षणका क्रममा नभेटिएको जनाएको छ ।

वृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपीए र आईआर २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको पाइएपछि विभागले गुणस्तर नियमावली अनुसार १५ दिनको स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार युनाइटेड सिमेन्टमा पनि आइआर २ दशमलब ६ प्रतिशत रहेको छ। यो उद्योगलाई समेत गुणस्तर नियमावली अनुसार विभागले १५ दिने स्पष्टीकरण सोधिएको छ ।

सार्वजनिक लेखा समितिले सिमेन्टको गुणस्तरका बारेमा विभाग गम्भीर भएर काम नगरेको औल्याएको थियो । विभागले तीन उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाएपछि स्पस्टीकरण सोधेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ०४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार