दुई महिनादेखि बन्द गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु « Khabarhub

दुई महिनादेखि बन्द गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ ।

नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत कात्तिक १२ गतेदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए । केन्द्रमा हाल दैनिक करिव तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ ।

पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरुपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये त्यसमा जडित उपकरण र मेशिनरीका समान पुरानो भएपछि तीनमध्ये दुई वटा टर्वाइन बिग्रिएर पूर्णरुपमा थन्किएका छन् भने एउटामात्रै (२ नं) टर्वाइन सञ्चालनमा रहेको छ । मर्मतसम्भार नहँुदा करिब १० देखि १२ वर्षअघिबाट थन्किएका टर्वाइन नं १ र वर्षअघिबाट टर्वाइन नं ३ वर्षैदेखि बिग्रेको अवस्थामा छ ।

हाल सञ्चालन रहेको २ नं टर्वाइनसमेत जीर्ण अवस्थामा रहेको छ । सञ्चालनमा रहेका एउटा टर्वाइनसमेत पुराना उपकरण र मेसिनरीका कारण लक्ष्यअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग नीहित छ । केन्द्रमा रहेको मेशिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ३० बजे

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ