एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर « Khabarhub

एनसेलले सरकारलाई बुझायो ४ अर्ब ५० करोड लाभकर


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो ।

सर्वोच्च अदालतको आदेशानुसार सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो ।

ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेको थियो ।

एनसेलले भने निर्धारण गरिएको सबै लाभकर एकैपटक बुझाउन नसक्ने भन्दै किस्तामा कर बुझाउने सुविधान प्रदान गर्न माग गरेको थियो ।

ठूला करदाता कार्यालयले भने एनसेललाई किस्तामा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएको जनाएको छ ।

ठूला करदाता कार्यालयका प्रवक्ता देवीप्रसाद शर्माले एनसेलबाट लाभकर वापत एभरेस्ट बैंकमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको चेक जम्मा भएको सूचना आफूले पाएको जानकारी दिए ।

‘राजश्व खातामा चेक डिपोजिट भएको भन्ने जानकारी मैले पनि पाएको छु । हाम्रो आन्तरिक खातामा रकम जम्मा भइसकेको जानकारी आएको छैन,’ शर्माले खबरहबसँग भने, ‘संभवत आज (मंगलबार) ४ बजेसम्म जानकारी आउँछ होला ।’

एनसेलसँग किस्ताबन्दीमा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएपनि उसले मंगलबार राजश्व बुझाए तोकिएको वक्यौताबाट बुझाएको रकम घट्ने प्रवक्ता शर्माको भनाइ छ ।

‘लाभकर शीर्षकमा राजश्व बुझायो भने उसका लागि निर्धारण भएको रकममध्येबाट तिरेको रकम घटिहाल्छ नि,’ प्रवक्ता शर्माले भने ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : ०९ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप