अन्तिम समयमा कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै दिन २५ भन्दा धेरैको साधारण सभा | Khabarhub Khabarhub

अन्तिम समयमा कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै दिन २५ भन्दा धेरैको साधारण सभा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्ने प्रावधान छ । यहि प्रावधानका कारण पुुस महिनाको अन्तिम दिन २५ वटा कम्पनीहरुले साधारण सभा डाकेका छन् ।

नेप्सेमा हालसम्म २१५ कम्पनी सूचीकृत छन् । यता, सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभाको जानकारी सभा हुन भन्दा २१ दिन पहिले दिनुपर्ने व्यवस्था छ । पुस २९ गते नै २१ दिन पुग्ने गरेर पुस ८ मा मात्रै २० वटा कम्पनीले साधारण सभाको सूचना जारी गरेका थिए ।

अझै केही कम्पनीले कानुनी प्रावधान अनुसारको समय घर्किसक्दा पनि विभिन्न कारण तेस्र्याएर साधारण सभा आव्हान गर्न सकेका छैनन् ।
पुुस २९ गतेका दिन ७ वटा विकास बैंक, ७ वटा फाइनान्स कम्पनी, ७ वटा लघुवित्त कम्पनी, २ वटा हाइड्रोपावर तथा तारागाँउ रिजेन्सी, नेपाल आयल निगम र नेपाल दुरसञ्चार कम्पनीले साधारण सभा बोलाएका छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरिसक्नुपर्ने प्रावधानका कारण सूचीकृत कम्पनीहरुलाई अन्तिम समयमा आएर साधारण सभा गने चटारो परेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

केहि कम्पनीहरुले भने प्रावधानलाई समेट लत्याएर पुस ८ गते पछि पनि सूचना निकाल्ने क्रम जारि रहेको पाइन्छ । कतिपय कम्पनीहरुले नियामक निकायबाट अनुमति पाउन विलम्ब हुँदा साधारण सभा छिटो गर्न नसकिएको दाबी गर्दै आएका छन् ।

कतिपय बैंक तथा वितिय सस्थाहरुले साधारण सभा गरि सम्पन्न गरेर लगानिकर्तालाई लाभांश प्रदान गरि सकेको अवस्था छ । पब्लिक कम्पनीहरुमा अन्तिम समयमा आएर काम गर्ने प्रवृत्ति हावी भएको पनि प्रस्ट देख्न सकिन्छ । चालू आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि निकै थोरै कम्पनीले मात्र वार्षिक साधारण सभा सम्पन्न गरेको देखिन्छ ।

साधारण सभा मात्र नभई सामान्यतयः त्रैमासिक सकिएको एक महिना भित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भए पनि पहिलो १५ दिनसम्म निकै कमले बाहेक अन्यले विवरण सार्वजनिक गर्दैनन् । तर अन्तिमका दुई दिनमा भने लगानीकर्तालाई नै अलमलमा पार्ने गरी एकैपटक वित्तीय विवरण सार्वजनिक हुने गरेका छन् ।

यस महिनाको अन्तिमसम्ममा ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा गर्दैछन् । यसैगरि पुस २८ गते ७ वटा कम्पनी, पुस २७ गते ३ वटा, पुस २६ गते ४ वटा, पुस २५ र २४ गते ५र५ वटा, पुस २३ गते ४ वटा कम्पनीहरुले साधारण सभा आह्वान गरेका छन् । पुस १५ देखि २२ गतेसम्म ८ वटा कम्पनीको साधारण सभा बोलाइएको छ भने पुस १४ गतेभन्दा अगाडि १३ वटा कम्पनीले पुसभित्रै साधारण सभा सम्पन्न गरेका छन् ।

कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा संस्थापना भएका कम्पनीहरुले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरुलाई पुस महिना भित्र नै साधारण सभा गर्नैपर्ने बाध्यता रहेको छ ।

वार्षिक साधारण सभा बस्नका लागि आव समाप्त भएको ६ महिना समय अवधि हुँदाहुँदै पनि अन्तिम समयमा मात्रै काम गर्ने नोपली प्रवृत्ति यहाँ पनि हाबी भएको देखिन्छ । पुसको अन्तिम दिन २९ गते नै २५ कम्पनीले सभा बोलाउनुले पनि सूचीकृत कम्पनीहरु लगानीकर्ताहरु प्रति जिम्मेवार हुन नसकेको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ३६ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते