बाजुरा जीप दुर्घटनाः ज्यान गुमाउने चारै जनाको सनाखत, बेपत्ताको खोजी जारी « Khabarhub

बाजुरा जीप दुर्घटनाः ज्यान गुमाउने चारै जनाको सनाखत, बेपत्ताको खोजी जारी


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको हिमाली गाउँपालिका–७ बाँधुमा आज भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको सनाखत भएको छ ।

जीप सडकबाट कर्णाली नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटका अनुसकार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जीपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर  र मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का ३९ वर्षीय मेम्बा लामा रहेका छन् ।

दुर्घटनामा परी स्वामीकार्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । धुलाचौरबाट कोल्टी आउँदै गरेको से १ ज १०६४ नम्बरको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा दुर्घटना भइ कर्णाली नदीमा खसेको हो ।

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उनकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख भाटले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ४६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल