बाजुरा जीप दुर्घटनाः ज्यान गुमाउने चारै जनाको सनाखत, बेपत्ताको खोजी जारी « Khabarhub

बाजुरा जीप दुर्घटनाः ज्यान गुमाउने चारै जनाको सनाखत, बेपत्ताको खोजी जारी


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको हिमाली गाउँपालिका–७ बाँधुमा आज भएको जीप दुर्घटनामा ज्यान गुमाउने ४ जनाको सनाखत भएको छ ।

जीप सडकबाट कर्णाली नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटका अनुसकार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जीपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर  र मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का ३९ वर्षीय मेम्बा लामा रहेका छन् ।

दुर्घटनामा परी स्वामीकार्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । धुलाचौरबाट कोल्टी आउँदै गरेको से १ ज १०६४ नम्बरको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा दुर्घटना भइ कर्णाली नदीमा खसेको हो ।

दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उनकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख भाटले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ४६ बजे

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज

कांग्रेस महामन्त्री घिमिरेका दुई कृति सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई वटा कृति सार्वजनिक गरिएको

गोरो बनाउने क्रिमको कालो कथा : गोरो हुनु सुन्दरता हो भन्ने भ्रम 

काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा