काँग्रेस बैठकः राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई « Khabarhub

काँग्रेस बैठकः राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिएको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले  राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहभागिता रहेको थिएन । गत मंसिर २६ गते यता पौडेल पक्षधर नेताहरु केन्द्रीय समिति बैठकमा अनुउपस्थित हुँदै आएका छन् । बुधबार साँझ बसेको पदाधिकारी बैठकमा पनि पौडेल पक्ष सहभागी भएको थिएन ।

राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ ।

जसमा १८ जना सदस्य निर्वाचित भएर आउने छन् । सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ६ : ५७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल