‘प्रेमगीत ३’ का लागि राजेश हमाल सकारात्मक ? यस्तो हुनेछ फिल्मको कथा « Khabarhub

‘प्रेमगीत ३’ का लागि राजेश हमाल सकारात्मक ? यस्तो हुनेछ फिल्मको कथा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनले प्रेमगीतमा प्रदीप खड्का उर्फ ‘प्रेम’ को बुबाको भूमिकामा राजेश हमाल अझै फाइनल नभएको बताएका छन् । यद्यपि फिल्मका लागि हमाल सकारात्मक भएको सेनले बताए ।

खबरहबसँगको विशेष कुराकानीमा उनले हमालसँग पहिलो चरणको वार्ता भएपनि फिल्ममा काम गर्ने या नगर्नेबारे अझै पक्का नभएको जानकारी दिए ।

‘पहिलो चरणको वार्ता भएको हो, उहाँले कन्सेप्ट पनि मन पराइसक्नुभएको छ, तर अझै फाइनल भएको छैन,’ निर्माता सेनले भने, ‘केही दिनमा फेरि भेटघाट गर्दैछौँ, अहिले भने हामी फिल्मको कथामा नै लागिपरेका छौँ ।’

कुनै जमानाका निकै व्यस्त अभिनेता राजेश हमाल केही वर्षयता फिल्म क्षेत्रबाट सुस्ताएका छन् । फिल्म ‘प्रेमगीत ३’ मा हमालले अभिनय गरे भने  दर्शकका लागि यो फिल्म प्रतीक्षित बन्नेछ ।

फिल्मको कथाका बारेमा पनि निर्माता सेनले खुलासा गरे । उनका अनुसार यो फिल्ममा बाइसे चौबीसे राज्यको कथा हुनेछ । फिल्म निर्माण टिमले कलाकारका पोशाकलाई समेत विशेष डिजाइन दिने योजना बनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ०५ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको