पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने « Khabarhub

पक्राउ परेका १ सय २२ चिनियाँको राहादानी रद्द, दुईवटा विमानमा चीन लैजाने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ सय २२ चिनियाँ नागरिकको राहदानी चिनियाँ दूतावासले रद्द गर्ने भएको छ ।

भिसाको दुरुपयोग गरी शंकास्पद गतिविधि गरेको भन्दै उनीहरु पुस २२ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

उनीहरूका राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको स्रोतको दाबी छ ।

पक्राउ परेका मध्ये ९६ जनाको राहदानी नभएको र बाँकी २६ जनाको राहदानी प्रहरीसँग रहेको छ ।

पक्राउ परेका तर राहदानी भएकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी गरिएको छ ।

त्यसका लागि दूतावासले प्रहरीसँग समन्वय गरिरहेको छ । ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेका सबैलाई बुधबार चीन फर्काइने तयारी रहेको छ ।

काठमाडौंमा पक्राउ परेका आफ्ना नगरिकलाई चीनले जैजाने भएको छ । उनीहरुलाई बुधवार दुईवटा चार्टर विमानमार्फत लैजाने तयारी चीनले गरेको छ ।

चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान मार्फत उनीहरुलाई लैजाने तयारी गरेको छ ।

ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको स्रोतको भनाइ छ ।

नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत पुस ७ गते काठमाडौंमा संयुक्त अपरेशन गरी अवैध गतिविधमा संलग्न रहेको आशंकामा बालाजु आसपासका क्षेत्रबाट एकै दिन १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक