७ लाख रुपैयाँसहित भक्तपुरबाट १४ जना जुवाडे पक्राउ « Khabarhub

७ लाख रुपैयाँसहित भक्तपुरबाट १४ जना जुवाडे पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ठिमी– भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडी पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षी उमेश तको लगायत छन् ।

प्रहरीका अनुसार उक्त रिसोर्टमा बिगत लामो समयदेखि जुवातास खेलाउने गरिएको थियो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १२ : ३४ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा