शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान | Khabarhub Khabarhub

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ ।

गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो ।

कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा पाँच लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए ।

नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ । नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ४५ बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन