काठमाडौंमा पक्राउ परेका चिनियाँलाई विमानस्थल लगियो, दुई वटा विमानमा राखेर लगिँदै « Khabarhub

काठमाडौंमा पक्राउ परेका चिनियाँलाई विमानस्थल लगियो, दुई वटा विमानमा राखेर लगिँदै


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौंमा अवैध गतिविधिमा संलग्न रहेपछि पक्राउ परेका मध्ये ४२ जना चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

चीन पठाउनका लागि उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थल लगेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ प्रभागमा राखिएका उनीहरुलाई बुधवार अपराह्यन विमानस्थल लगिएको हो ।

उनीहरुलाई चाइन इस्टर्न जहाज मार्फत चीन पठाइने छ । त्यस्तै बाँकी रहेका ८० जनालाई पनि आजै दोस्रो उडानमा चीन पठाउने तयारी भएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार, सोह्रखुट्टेमा राखिएकालाई राखिएको छ ।

उनीहरुलाई लैजानका लागि चीनले दुईवटा विमानको व्यवस्था गरेको थियो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ ।

पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।

चाइना साउदर्नको विमानमा ८० जना र चाइना इस्टर्नको विमानमा ४२ जनालाई राखेर लगिनेछ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई काठमाडौं सीडीओ कार्यालय बुझाएपछि सीडीओ कार्यालयले एक/एक हजार रुपैयाँ जरिवाना गरी उनीहरुलाई रिहा गर्ने आदेश दिएकोमा प्रहरीले तत्कालै अध्यागमन विभागमा बुझाएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ३९ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई