भोलि राति लाग्दैछ चन्द्रग्रहण, यी राशिका मानिसमा पर्नेछ नराम्रो असर « Khabarhub

भोलि राति लाग्दैछ चन्द्रग्रहण, यी राशिका मानिसमा पर्नेछ नराम्रो असर


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यो वर्षको पहिलो चन्द्र ग्रहण भोलि लाग्दैछ । यो चन्द्र ग्रहण मिथुन राशि र पुनर्वसु नक्षत्रमा लाग्नेछ । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो ग्रहण नाङ्गो आँखाले भने देख्न सकिँदैन ।

चन्द्र ग्रहणले हाम्रो मन मस्तिष्कमा निकै प्रभाव पार्नेछ ।

ग्रहणको प्रभाव एक पक्षसम्म अर्थात १५ दिन सम्म रहने धार्मिक मान्यता रहेको छ । चन्द्रमा जलको कारक भएका कारण यस समयमा पृथ्वीमा जलीय समस्या या भूकम्प जाने सम्भावना पनि रहने धार्मिक मान्यता रहेको छ । राशि अनुसारको कुरा गर्ने हो भने चन्द्र ग्रहणको प्रभाव या दुष्प्रभाव अवश्य रहन्छ ।

मेष

मेष राशिका लागि तृतीय भावमा चन्द्र ग्रहणले मित्र तथा साना भाइ वहिनीको समबन्धलाई नराम्रो बनाउन सक्छ । यसका लागि गायत्री मन्त्र १०८ पटक जप गर्ने तथा भगवान शिवको नाम जप गर्नु फाइदजनक हुन्छ ।

वृष

यो राशिको दोस्रो भावमा चन्द्र ग्रहण धन कुटुम्ब सम्बन्धित वादविवाद गराउने सम्भावना रहन्छ । यसका कारण सफा चिजको दान गर्नुस् । जस्तै सेतो कपडा वा चामल ।

मिथुन
यस पटक चन्द्र ग्रहण मिथुन राशिमा पनि लाग्दैछ । यो चन्द्रग्रहण स्वास्थयलाई लिएर समस्या बन्न सक्छ । यसकारण दुधले रुद्राभिषेक अवश्य गराउँनु होला ।

कर्कट

कर्कट राशिमा १२ औं घरमा चन्द्र ग्रहण भएका कारण स्वास्थयमा नराम्रो असर पर्न सक्छ । मन अशान्त रहनेछ । यसकारण चन्द्रमाको मन्त्र जप गर्नु फाइदाजनक हुन्छ । ओम् सोम सोमाय नम ः मन्त्रको जप गर्दा फाइदा पुग्छ ।

सिंह

सिंह राशिको ११ औं घरमा चन्द्र ग्रहण भएका कारण यो राशिका मानिसलाई धन लाभ धेरै हुन सक्छ । खर्चलाई रोक्नका लागि औषधिको दान गर्दा फाइदा पुग्छ ।

कन्या

यो राशिमा १० औं घरमा चन्द्र ग्रहण हुने कारण काममा रोकावट आउन सक्छ । यो दिन शिवलिंगमा अभिषेक गर्दा फाइदा पुग्छ ।

तुला

तुला राशिको नवौं भावमा ग्रहणको प्रभाव रहन्छ । यसले तपाइको करियरमा बदलाव ल्याउन सक्छ । सेतो पदार्थको दान र चन्द्रमाको जपले फाइदा पुग्छ भने आमालाई मन पर्ने चीज उपहार दिँदा फाइदा पुग्छ ।

वृश्चिक

राशिको अष्टम भावमा चन्द्र ग्रहण हरेक कार्यमा गडबढी गर्नेछ । यसको कारणले आँखामा असमस्या आउन सक्छ । र भाग्यमा रुकावट आउन सक्छ । चामलको खिर शिवलिंगमा चढाउँदा फाइदा पुग्छ ।

धनु

धनु राशिको सप्तम भावमा यो चन्द्र ग्रहण दाम्पत्य जीवनलाई खराब बनाउँछ । यस चन्द्र ग्रहण व्यापारमा नोक्सान गराउँछ । दुर्घटनाको जोखिम पनि रहेको हुन्छ । त्यसैले ओम् नम शिवाय मन्त्र ११ माला जप गर्नुहोस् ।

मकर

मकर राशिको छैठौं भावमा यो चन्द्र ग्रहण मनमा निराशा र जीवनसाथीसँगको वादविवाद बढाउन सक्छ । जीवनसाथगीसँग मिलेर शिवलिंगको पूजा र शिवाष्टक पाठ गर्नु पर्दछ ।

कुम्भ

को राशिको पञ्चम भावमा ग्रहणको प्रभाव रहन्छ । यसले पेटको रोग र प्रेममा समस्या उत्पन्न गराउँछ । त्यसैले शिवको नाम जप र पूजा अर्चना गर्नुहोस् ।

मीन

मीन राशिको चौंथो भावमा चन्द्रग्रहणले तपाइको आमाको स्वास्थ्य खराव गर्न सक्छ । यसले तपाईको मनमा निराशा आउन सम्छ । घरको उत्तर पूर्वी दिशालाई सधै सफा राखेर शिव भगवानको उपासना गनु फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १ : १५ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय