सीके राउतसँगको सम्झौता खारेजीको माग गदै नेविसंघको प्रदर्शन « Khabarhub

सीके राउतसँगको सम्झौता खारेजीको माग गदै नेविसंघको प्रदर्शन


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ ।

नेविसंघले मंगलबार(आज) राजधानीका क्याम्पसहरु अगाडि प्रदर्शन गर्दै समझौता खारेजीको माग गरेको हो ।

सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै नेविसंघले उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी दिएको छ ।

राजधानीका रत्नराज्य(आरआर), शंकरदेव, त्रिचन्द्र, पशुपति लगायतका क्यापसअगाडि नेविसंघले प्रदर्शन गरेको थियो । नेविसंघले आरआरअघिबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघले सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको, देशलाई ट्क्राउनका लागि जनमत संग्रह गर्ने गरि सम्झौता गरेको भन्दै विरोध गरेको छ ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सीके राउतलाई कारवाही गर्न समेत माग गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १२ : ५० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति