आस्था राउतले भनिन् – बढी बोलेको भए माफी चाहन्छु, तर प्रहरी पनि सुध्रनुपर्छ « Khabarhub

आस्था राउतले भनिन् – बढी बोलेको भए माफी चाहन्छु, तर प्रहरी पनि सुध्रनुपर्छ


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउतले प्रहरीले दुर्व्यवहार गरेको भन्दै आरोप लगाएर सार्वजनिक गरेको भिडियो हटाउँदै प्रहरीको बर्दीप्रति सम्मान भएको बताएकी छिन् ।

बुधवार गायिका राउतले एक भिडियो सार्वजनिक गर्दै महिला प्रहरीले आफूमाथि कडा व्यवहार गरेको भन्दै आपत्ति जनाएकी थिइन् । उनले प्रहरीले बर्दीको सम्मान नगरेको र आम मान्छेलाई गाली गर्ने गरेको बताएकी थिइन् ।

उनले भिडियोमार्फत प्रहरीलाई लक्षित गर्दै गाली गरेकी थिइन् । उनले प्रहरीलाई गाली गरेपछि आस्थालाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएका थिए ।

आस्थाले महिला विमानस्थलमा महिला प्रहरीको व्यवहारबाट आफूलाई ‘दबंग’ स्टाइलमा रिस उठेको बताएकी थिइन् ।

यसैबीच आस्थाले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त भिडियो हटाएर एक पोस्ट गर्दै माफी मागेकी छिन् ।

उनले एक लामो पोस्ट गर्दै लेखेकी छिन्, ‘रिसको झोंकमा लाइभमा आएर अलिक बढी नै बोलेको भए माफी चाहन्छु तर प्रहरीले जुन हालतमा पनि आफ्नो शैली फेर्नुपर्छ ।’

उनले हिजो आफू निकै हर्ट भएको पनि बताएकी छिन् । आस्थाले नियमबारे आफू जानकार रहेको र सधै सचेत भएको पनि बताएकी छिन् ।

‘हिजो म कति हर्ट भएँ त्यो म भोग्ने मान्छेलाई मात्र थाहा छ, मलाई मात्र होइन, मलाई भित्र गएपछि अरु दिदीहरुले पनि नानी तिमीलाई जस्तै हप्काइ धप्काइ गरेको थियो त्यो आईमाईले कस्तो व्यहोरा नभएको रहेछ,’ आस्थाले भनेकी छिन्, ‘यस्तै हो प्रहरीहरु छोडिदेऊ मन नदुखाऊ भन्नुभएको थियो ।’

आस्थाले प्रहरीले आफूलाई ज्याकेट खोल्नभन्दा कुनै समस्या नभएको तर प्रहरीले देखाएको व्यवहारले आफूलाई दुःखी तुल्याएको बताएकी छिन् । उनले प्रहरीले कफी तेरो ब्यागमा खन्याइदिन्छु भनेको बताएकी छिन् ।

उनले प्रहरीले आफ्नो बानी सुधार्नुपर्ने बताएकी छिन् ।

यो पनि पढ्नुहोस्:

प्रहरीले ‘तँ’ भनेको भन्दै आस्था राउतले पोखिन् आक्रोश, विवादपछि हटाइन् भिडियो

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १२ : ५९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना