चोटका कारण शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने « Khabarhub

चोटका कारण शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चोटका कारण भारतीय भरपर्दा व्याट्सम्यान शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने भएका छन् ।

बायाँ काँधमा लागेको चोट निको नभएको र आराम गर्नपर्ने भएकाले खेल गुम्ने भएको हो। भारत भ्रमणमा आएको अस्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखरलाई चोट लागेको थियो।

यहि शुक्रबारदेखि शुरु हुन गईरहेको ५ खेलको टि – ट्वान्टी सिरिजबाट शिखर धवन बाहिर छ्न् ।

अस्ट्रेलियाका आरोन फिन्चले सट कभरमा प्रहार गरेको बललाई रोक्ने क्रममा उनको बायाँ काधमा चोट पुग्न पुगेको थियो ।

उनलाई त्यसपछि तत्कालै अस्पताल लगिएको थियो र त्यसपछि उनी ब्याटिङ गर्न पनि आएका थिएनन उनको स्थानमा लोकेश राहुलले ब्याटिङ गरेका थिए ।

पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएका धवनको अनुपस्थितिले टिमका लागि भने ठूलो धक्का लागेको छ।

भारतले न्युजिल्याण्ड भ्रमणका दौरान ५ खेलको टि – ट्वान्टी सिरिज , ३ खेलको एकदिवसीय सिरिज र २ टेस्ट खेल खेल्नेछ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ४६ बजे

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न

१८ सय बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम– सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि इलामको