४० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला « Khabarhub

४० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुत्रबारबाट ४० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्रको बिक्री खुला गरेको छ । ५ वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचत पत्र २०८१ क, ख, ग बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वार्षिक १० प्रतिशतको दरमा ६/६ महिनामा व्याज भुक्तानी हुने उक्त बचत पत्र खरिदको लागि आउँदो चैत्र २१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बचत पत्रको निष्काशन मिति माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ । बचत पत्रको साँवा भुक्तानी मिति २०८१ को माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ ।

राष्ट्र बैंकले बचत पत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी) मात्रको नाममा खरिद गर्न सक्ने जनाएको छ ।

घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म बचत पत्र खरिद गर्न सकिने छ । उक्त बचत धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको खरिदको लागि सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटका केद्रीय कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १ : ३७ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको