अग्नि सापकोटा आज सभामुख चयन हुँदै « Khabarhub

अग्नि सापकोटा आज सभामुख चयन हुँदै


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन् ।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् ।

सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ हुनेछन ।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन् ।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ७ : ०९ बजे

कांग्रेस सभापति थापा सर्लाहीमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन्

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा दोस्रो भागको बाघ गणना सकियो

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको