आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु, ‘सहमति’ भए आजै छुट्न सक्ने ! « Khabarhub

आस्था राउतविरुद्ध ‘कानूनी प्रक्रिया’ शुरु, ‘सहमति’ भए आजै छुट्न सक्ने !


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज (सोमबार) आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।

प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते (आइतबार) आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

भारतको सिक्किममा तय भएको एउटा सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरी झापाको भद्रपुर विमानस्थलका लागि विमान चढ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी आस्थाले सुरक्षार्थ तैनाथ महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको विषय सार्वजनिक भएको थियो ।

करिब २ हप्ताको सिक्किम बसाईपछि नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको हो । यद्यपि, राउत पक्षले भने ‘सहमति’मै मुद्दा टुंग्याउने प्रयास थालेको छ ।

प्रहरी जवान श्रेष्ठलाई उजुरी फिर्ता लिन लगाएर सहमतिकै आधारमा मुद्दा टुंग्याउने प्रयास भइरहेको आस्था निकट स्रोतको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पनि अहिले दुवै पक्षबीच आपसी ‘सर–सल्लाह’ भइरहेको जनाएको छ ।

‘उजुरीकर्ताले उजुरी फिर्ता लिन्छु भने पछि कुनै पनि आरोपितलाई प्रहरीले थुनेर राख्ने भन्ने हुँदैन,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो, ‘आस्थाजीको केसमा पनि अहिले उहाँहरु छलफलमा हुनुहुन्छ । पीडित पक्षले मुद्दा फिर्ता लिन चाहेमा उहाँ आजै पनि छुट्न सक्नुहुन्छ ।’

यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटी भने आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको बताउँछन् ।

‘प्रहरीले कुनै पनि मुद्दामा प्रहरीले कानूनानुसार नै प्रक्रिया अगाडि बढाउने हो । हामीले पनि कानूनी प्रक्रिया अगाडि बढाएका छौं,’ डिएसपी बोगटीले भने ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : १२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि