दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते « Khabarhub

दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ नयाँ रोडमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका– ३ घर भएका ३८ वर्षी दिनेश थापा र लमजुङ मस्र्याङदी गाउँपालिका–३ का ४४ हिराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ । बसमा २५ जना सवार थिए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिनो हाइड्रो कम्पनीले भाडामा लिएको रोल्वालिङ यातायातको बा ४ ख ४५७३ नम्बरकोे बस दुर्घटना भएको हो ।

मजदूर लिएर कार्यक्षेत्रमा जाँदै गर्दा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनास्थबाट ३० मिटर तल खसेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ९ : ०८ बजे

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा