आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै | Khabarhub Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले आज (शनिबार) अमेरिकासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।

नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।

अमेरिका लिगको शीर्ष स्थानमा छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर घाइते भएपछि वैकल्पिक खेलाडी सुवासलाई टिममा बोलाइएको छ । सुवास ओपनिङ ब्याटिङ गर्न रुचाउने विकेटकिपर हुन् ।

नेपालको सधैको समस्या ओपनिङ ब्याटिङ हो । ओमानसँगको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडी प्रशिक्षण गरेपनि दुवै खेलाडी असफल भएका थिए । त्यसैले अब ज्ञानेन्द्रलाई साथ दिन सुवास ओपानिङमा आउने बलियो सम्भावना रहेको छ ।

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाललाई घरेलु मैदान र समर्थकको राम्रो साथ मिल्नेछ । नेपालले अमेरिकासँग घरेलु मैदान र समर्थको फाइदा उठाउन चाहान्छ ।

यता अमेरिकालाई भने ठुलो समर्थकमाझ खेल्ने बानी छैन । उसले खेलेको घरेलु मैदानको खेलमा समेत बिरलै समर्थक देखिने गर्छ । अन्तिम पटक (सन् २०१०) नेपाल भ्रमण आउँदाको अमेरिकी टिममा धेरै खेलाडी नयाँ छन् ।

अमेरिकाका रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २२ बजे

मोहन बस्नेतमा रवि लामिछानेको ‘भेरियन्ट’ देखियो : अजयबाबु शिवाकोटी 

काठमाडौं– नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले

एकीकृत समाजवादी बैठक : नेपालमाथिको मुद्दामा छलफल, झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई

अमेरिका-भियतनाम व्यापार सम्झौताले चीनमा नयाँ अनिश्चितता 

हनोई– संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौताले अमेरिकी राष्ट्रपति डोनाल्ड

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

काठमाडौँ – यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको