‘म्याच फिक्सिङ’ गर्ने पाकिस्तानी खेलाडीलाई जेल सजाय « Khabarhub

‘म्याच फिक्सिङ’ गर्ने पाकिस्तानी खेलाडीलाई जेल सजाय


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेल मिलेमतोको आरोपमा दोषी पाइएपछि पाकिस्तानका ब्याट्सम्यान नासिर जमशेदलाई जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको राष्ट्रिय टिमको पूर्व सदस्य रहेका जमशेद गएको वर्षको फेब्रुअरीमा पक्राउ परेका थिए। उनीसँगै युसेफ अनवर र मोहम्मद इजाजलाई पनि खेल मिलेमतोको आरोपमा पाकिस्तानको नेशनल क्राइम एजेन्सीले पक्राउ गरेको थियो ।

सन् २०१८ को फेब्रुअरीमा भएको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटमा म्याचफिक्सिङ्ग गर्न अरु खेलाडीलाई पनि जमशेदले उक्साएको खुलेको छ । उनले केही बलमा रन नलिन र त्यसबापत ३० हजार पाउण्डस्ट्रलिङ्ग बाँडेर लिने गरी खेलाडीलाई उक्साएका थिए ।

तीनै खेलाडीले अपराध स्वीकार गरेपछि उनीहरुलाई जेल सजाय भएको हो । सन् २०१६ मा भएको बंगलादेश प्रिमियर लिगमै उनीहरुले खेल मिलोमतो गर्ने प्रयास गरेका थिए, तर सो योजना सन् २०१८ को पिएसएलमा आएर सफल भएको देखिएको हो ।

राष्ट्रिय टिमबाट ६० भन्दा बढी खेलमा सहभागी भएका जमशेदलाई १७ महिनाको जेल सजाय भएको छ । यस्तै अनवरलाई ४० महिना तथा इजाजलाई ३० महिनाको जेल सजाय भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ३८ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त