सुत्ने तरिकाबाट थाहा हुन्छ तपाईंको स्वभाव « Khabarhub

सुत्ने तरिकाबाट थाहा हुन्छ तपाईंको स्वभाव


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्र तथा पुराणहरूमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिने बिभिन्न विकल्पहरु बताइएका छन् ।

ज्योतिषशास्त्र, हस्तरेखा विज्ञान, कोठि तथा शरीरका चिन्हरुले पनि मानिसको स्वभाव एव् भविष्य बताउने शास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समुद्र शास्त्रमा उल्लेख गरीएको छ । के छ त शास्त्रमा ?

कसरी सुत्ने मानिसको स्वभाव कस्तो ?

१. उत्तानो सुत्ने

अधिकाशं मानिस सीधा वा उत्तानो फर्केर सुत्ने गर्दछन् । सजिलोसँग निदाउन सुत्ने निन्द्राको यो आशन शुभ एवम् आत्मविश्वासको लक्षण मानिन्छ । यसरी सुत्नेहरुको व्यक्तित्व आकर्षक हुने गर्दछ । तर यिनिहरुमा तुरुन्तै समस्याको समाधान गर्न सक्ने क्षमता भने हुदैन । तथापी परिवार, साथीभाई, नातेदार तथा छिमेकीहरुमा भने यिनीहरु लोकप्रिय हुन्छन् ।

२. घोप्टिएर सुत्ने

केहि मानिसमा घोप्टिएर सुत्ने बानी हुन्छ । विशेषतः घोप्टिएर सुत्ने मानिसहरु कुनै पनि बिषयको तनाव बोक्न चाहदैनन् । साथै यो आशनमा सुत्नेहरु कुनै पनि प्रकारको जोखिम लिन चाहादैनन् । यिनीहरू कसैसँग मित्रता गाँस्नु अघि निकै सोच विचार गरेर मात्र सम्बन्ध जोड्ने र जोडेको संबन्ध हतपत्त नछाड्ने स्वभावका हुन्छन् ।

३. हातखुट्टा फैलाएर सुत्ने

दुवै हातखुट्टा फैलाएर उत्तानो परेर सुत्ने व्यक्तिहरू आफुलाई स्वतन्त्र भएको हेर्न चाहान्छन् । यो आशनमा सुत्नेहरुमा स्वतन्त्रता तथा प्रकृती प्रेम अधिक मात्रामा रहने गर्दछन । यिनिहरु अरु कसैको बन्धनमा बाँधिएर बस्न चाहादैनन् । बढी सुख सुविधायुक्त सामाग्रिको प्रयोग एवम् भोगविलासपूर्ण जीवन यिनिहरुको चाहमा पर्ने गर्दछ । यिनिहरुलाई सुन्दर वस्तु वा ब्यक्तिले छिट्टै आर्कषित गर्दछ ।

४. कोल्टे परेर सुत्ने

एकातर्फको हातलाई मुनि पारी अर्काे हात माथि पारेर कोल्टे परेर सुत्ने व्यक्तिलाई टिपटप बस्न मन पर्दछ । यो आशनमा सुत्नेहरु सरसफाइ गरेर सुग्घर बस्न रुचाउने स्वभावका हुन्छन् । मीठो खाने, राम्रो लगाउने तथा आदर्श र चमकधमकवाला चर्चित जिवन जिउने यिनिहरुको चाहाना हुने गर्दछ । यि व्यक्तिहरु जुनै वातावरणमा सजिलै घुलमिल हुने क्षमता हुन्छ ।

५. खुट्टा जोडेर सुत्ने

दुवै खुट्टा जोडेर लमतन्न परेर सुत्नेहरु खासै सुखमय जिवन बिताउन नसक्ने हुन्छन् । यसरी खुट्टा कसेर सुत्ने मानिसको जीवन पनि कष्मपुर्ण नै रहने गर्दछ । यो आशनमा सुत्नेहरुले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यद्यपि उनीहरूमा परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता र गुण भने रहने गर्दछ । यिनिहरु हरकोहिसंग सहजै घुलमिल हुन सक्छन् ।

६. मोडिएर सुत्ने

कतिपय मानिय कोल्टे परेर खुट्टा माडेर सुत्ने गर्दछन् । यसरी सुत्ने मानिसहरु कमजोर स्वभावका हुने गर्दछन् । उनीहरूको मनमा हमेशा असुरक्षाको भावना हुने गर्दछ । यो आशनमा सुत्नेहरु डरपोक हुने भएकाले उनीहरू अव्यावहारिक एवम् अपरिचित ब्यक्तिको संगत नरुचाउने स्वभावका हुने गर्दछन् । यस आशनमा सुत्ने औसत मानिसलाई एक्लै बस्न मन लाग्ने र कुनै पनि नकारात्मक वस्तुको लत लाग्ने संभावना उच्च हुन्छ ।

७. हातखुट्टा हल्लाएर सुत्ने

केहि मानिसमा सुत्नुअघि हातखुट्टा हल्लाउने बानि हुने गर्दछ । तर समुन्द्र शास्त्रमा यस आशनमा सुत्दा अलच्छिन भित्रिने मानिएको छ । हातखुट्टा झड्काएर सुत्ने वा खुट्टाको औला, हात वा पुरा हातखुट्टा हल्लाउदै सुत्नेहरुलाई कुनै न कुनै चिन्ताले सताइरहने गर्दछ । र यि मानिसमा कहि न कहि हमेशा नकारात्मक भाव पैदा हुने गर्दछ । तथापी यिनिहरु कुनै पनि अप्ठेरो परीस्थितीलाई सहजै पार लगाउन सक्ने क्षमता रहने गर्दछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ४६ बजे

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन

मध्यम शक्ति बन्न अग्रसर पाकिस्तानको क्षेत्रीय कूटनीतिमा बढ्दो भूमिका

काठमाडौं- इरानसँग अमेरिका र इजरायलको बढ्दो द्वन्द्व तथा खाडी क्षेत्रको