सुत्ने तरिकाबाट थाहा हुन्छ तपाईंको स्वभाव | Khabarhub Khabarhub

सुत्ने तरिकाबाट थाहा हुन्छ तपाईंको स्वभाव


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्र तथा पुराणहरूमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिने बिभिन्न विकल्पहरु बताइएका छन् ।

ज्योतिषशास्त्र, हस्तरेखा विज्ञान, कोठि तथा शरीरका चिन्हरुले पनि मानिसको स्वभाव एव् भविष्य बताउने शास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समुद्र शास्त्रमा उल्लेख गरीएको छ । के छ त शास्त्रमा ?

कसरी सुत्ने मानिसको स्वभाव कस्तो ?

१. उत्तानो सुत्ने

अधिकाशं मानिस सीधा वा उत्तानो फर्केर सुत्ने गर्दछन् । सजिलोसँग निदाउन सुत्ने निन्द्राको यो आशन शुभ एवम् आत्मविश्वासको लक्षण मानिन्छ । यसरी सुत्नेहरुको व्यक्तित्व आकर्षक हुने गर्दछ । तर यिनिहरुमा तुरुन्तै समस्याको समाधान गर्न सक्ने क्षमता भने हुदैन । तथापी परिवार, साथीभाई, नातेदार तथा छिमेकीहरुमा भने यिनीहरु लोकप्रिय हुन्छन् ।

२. घोप्टिएर सुत्ने

केहि मानिसमा घोप्टिएर सुत्ने बानी हुन्छ । विशेषतः घोप्टिएर सुत्ने मानिसहरु कुनै पनि बिषयको तनाव बोक्न चाहदैनन् । साथै यो आशनमा सुत्नेहरु कुनै पनि प्रकारको जोखिम लिन चाहादैनन् । यिनीहरू कसैसँग मित्रता गाँस्नु अघि निकै सोच विचार गरेर मात्र सम्बन्ध जोड्ने र जोडेको संबन्ध हतपत्त नछाड्ने स्वभावका हुन्छन् ।

३. हातखुट्टा फैलाएर सुत्ने

दुवै हातखुट्टा फैलाएर उत्तानो परेर सुत्ने व्यक्तिहरू आफुलाई स्वतन्त्र भएको हेर्न चाहान्छन् । यो आशनमा सुत्नेहरुमा स्वतन्त्रता तथा प्रकृती प्रेम अधिक मात्रामा रहने गर्दछन । यिनिहरु अरु कसैको बन्धनमा बाँधिएर बस्न चाहादैनन् । बढी सुख सुविधायुक्त सामाग्रिको प्रयोग एवम् भोगविलासपूर्ण जीवन यिनिहरुको चाहमा पर्ने गर्दछ । यिनिहरुलाई सुन्दर वस्तु वा ब्यक्तिले छिट्टै आर्कषित गर्दछ ।

४. कोल्टे परेर सुत्ने

एकातर्फको हातलाई मुनि पारी अर्काे हात माथि पारेर कोल्टे परेर सुत्ने व्यक्तिलाई टिपटप बस्न मन पर्दछ । यो आशनमा सुत्नेहरु सरसफाइ गरेर सुग्घर बस्न रुचाउने स्वभावका हुन्छन् । मीठो खाने, राम्रो लगाउने तथा आदर्श र चमकधमकवाला चर्चित जिवन जिउने यिनिहरुको चाहाना हुने गर्दछ । यि व्यक्तिहरु जुनै वातावरणमा सजिलै घुलमिल हुने क्षमता हुन्छ ।

५. खुट्टा जोडेर सुत्ने

दुवै खुट्टा जोडेर लमतन्न परेर सुत्नेहरु खासै सुखमय जिवन बिताउन नसक्ने हुन्छन् । यसरी खुट्टा कसेर सुत्ने मानिसको जीवन पनि कष्मपुर्ण नै रहने गर्दछ । यो आशनमा सुत्नेहरुले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । यद्यपि उनीहरूमा परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता र गुण भने रहने गर्दछ । यिनिहरु हरकोहिसंग सहजै घुलमिल हुन सक्छन् ।

६. मोडिएर सुत्ने

कतिपय मानिय कोल्टे परेर खुट्टा माडेर सुत्ने गर्दछन् । यसरी सुत्ने मानिसहरु कमजोर स्वभावका हुने गर्दछन् । उनीहरूको मनमा हमेशा असुरक्षाको भावना हुने गर्दछ । यो आशनमा सुत्नेहरु डरपोक हुने भएकाले उनीहरू अव्यावहारिक एवम् अपरिचित ब्यक्तिको संगत नरुचाउने स्वभावका हुने गर्दछन् । यस आशनमा सुत्ने औसत मानिसलाई एक्लै बस्न मन लाग्ने र कुनै पनि नकारात्मक वस्तुको लत लाग्ने संभावना उच्च हुन्छ ।

७. हातखुट्टा हल्लाएर सुत्ने

केहि मानिसमा सुत्नुअघि हातखुट्टा हल्लाउने बानि हुने गर्दछ । तर समुन्द्र शास्त्रमा यस आशनमा सुत्दा अलच्छिन भित्रिने मानिएको छ । हातखुट्टा झड्काएर सुत्ने वा खुट्टाको औला, हात वा पुरा हातखुट्टा हल्लाउदै सुत्नेहरुलाई कुनै न कुनै चिन्ताले सताइरहने गर्दछ । र यि मानिसमा कहि न कहि हमेशा नकारात्मक भाव पैदा हुने गर्दछ । तथापी यिनिहरु कुनै पनि अप्ठेरो परीस्थितीलाई सहजै पार लगाउन सक्ने क्षमता रहने गर्दछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ४६ बजे

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको

नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली

काठमाडौं – साना तथा मझौला सङ्गठित संस्था (एसएमईज) को धितोपत्र

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा

मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

ललितपुर – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि

नेपालको नर्सिङ क्षेत्र दयनीय छ, स्वास्थमन्त्रीको परिपत्र कार्यान्वयन गरियोस्

काठमाडौं – नर्सिङ पेशालाई नेपाली समाजमा सम्मानित पेशाका रुपमा लिने